काठमाडौं । यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ३ दशमलव ९३ अङ्कले बढेर २१ सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४८३ पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १६४ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह ० दशमलव ७४, होटल तथा पर्यटन समूह ० दशमलव ४९ र निर्जीवन बीमा समूह ० दशमलव २२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
विकास बैंक समूह ० दशमलव ६३, वित्त समूह १ दशमलव ४१, जलविद्युत् शून्य दशमलव २५, लगानी १ दशमलव ८० र जीवन बीमा समूह ० दशमलव ४० प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ० दशमलव ७८, लघुवित्त ० दशमलव ४३, म्युचुअल फन्ड ० दशमलव ४९, व्यापार ० दशमलव २२ र अन्य समूह ० दशमलव ६४ प्रतिशतले बढेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २० करोड ४० लाख ४७ हजार ४३४ बराबरको ३ लाख ५५ हजार ८९५ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.