काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर २ हजार ६९ दशमलव ५३ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ९० अङ्कले ओरालो लागेर ३७० दशमलव १९ मा सीमित भएको छ । कुल ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर रु ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ मूल्यमा कारोबार भएको हो ।
नेप्सेका अनुसार नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना इन्जिनियरिङ ९ दशमलव ९८ र युनिलिभर नेपालका लगानीकर्ताले ९ दशमलव ५० प्रतिशतले कमाएका छन् ।
पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन ७ दशमलव शून्य ८, बाराही हाइड्रोपावर ६ दशमलव ७४, नेपाल वेयरहाउस कम्पनी ५ दशमलव ९६ र कालिका लघुवित्तका लगानीकर्ताले ५ दशमलव ८२ प्रतिशतले गुमाएका छन् । रासस
Comments are closed.