नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर २ हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको हो ।

आज ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर ६५ हजार ६५४ पटक खरिद बिक्री हुँदा रु ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ बराबरको कारोबार भएको छ । आजको कारोबारमा लगानी समूह ० दशमलव २३, उत्पादन तथा प्रशोधन २ दशमलव ४० र म्युचुअल फन्ड ० दशमलव ०५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै व्यापार समूहको ६ दशमलव ५६ र वित्त समूहको उपसूचक २ दशमलव १७ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ १ दशमलव ११, विकास बैंक ० दशमलव २२, होटल तथा पर्यटन ० दशमलव ४६ र जलविद्युत् १ दशमलव २६ प्रतिशतले बढेको छ । जीवन बीमा समूह ० दशमलव ७७, लघुवित्त समूह ० दशमलव ५२ र अन्य समूह ० दशमलव ९६ प्रतिशतले बढेको छ ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ९ दशमलव १३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २२ करोड ६४ लाख १३ हजार २८ बराबरको ३ लाख ८२ हजार ३५ कित्ता शेयर किनबेच भएको छ । रासस

lcci
You might also like

Comments are closed.