काठमाडौं । जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ५९ प्रतिशतले बढेर ११ सय १५ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।
आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ बराबरको कारोबार भएको छ । जलविद्युत् कम्पनीहरुको मात्र आज रु २ अर्ब २८ करोड ७ लाख ९० हजार ८४५ बराबरको ५९ लाख ७९ हजार ४४३ कित्ता शेयर किनबेच भएको छ ।
आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक २ दशमलव ५८, व्यापार २ दशमलव १२, निर्जीवन बीमा २ दशमलव १९, जीवन बीमा २ दशमलव ४० र वित्त समूह २ दशमलव १६ प्रतिशतले बढेको छ । बैंकिङ समूह १ दशमलव ७३, विकास बैंक १ दशमलव ४२, होटल तथा पर्यटन ० दशमलव ५९, लगानी १ दशमलव ०९ र उत्पादन तथा प्रशोधन ० दशमलव ४० प्रतिशतले बढेको छ ।
त्यस्तै, म्युचुअल फन्ड ० दशमलव ५० र अन्य समूहको उपसूचक ० दशमलव ५३ प्रतिशतले बढेको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर मूल्य ० दशमलव ८१ र कुमारी इक्विटी फन्डको शेयर मूल्य ४ दशमलव ९४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३६ करोड ३० लाख ९२ हजार ९१० बराबरको ५ लाख २५ हजार १८५ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.