काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले १६ औं संस्करणको रुपमा ‘नाडा अटो शो २०२४’ गर्ने भएको छ ।
आउँदो भदौ ११ देखि १६ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित प्रदर्शनीको १६ औँ संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने नाडाले जनाएको छ । काठमाडौंको भृकुुुुटी मण्डप प्रदर्शनीस्थलमा आयोजना हुने प्रदर्शनीको यही जेठ ३१ गतेदेखि असार ५ गतेसम्म स्टल बुकिङ्का लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ ।
प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
अर्थतन्त्रमा राजस्व सङ्कलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पु¥याउदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्तालाई यस नाडा अटो शो बाट सकारात्मक उर्जा र नयाँ प्रविधिको साक्षात्कार गराउने विश्वास रहेको नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालले बताए ।
Comments are closed.