काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर २ हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ ।
आज ३१७ कम्पनीको एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ७१ हजार ९९७ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
होटल तथा पर्यटन समूहको उपसूचक ० दशमलव ०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह १ दशमलव ७१ र अन्य विकास बैङ्क समूह १ दशमलव २० प्रतिशतले घटेको छ ।
नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै रु ३० करोड ४० लाख ५३ हजार ४९२ बराबरको ४ लाख ७९ हजार ९८७ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.