कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोस्रो चरण हुने

काठमाडौं । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोस्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो ।

हालसम्म सक्षमद्वारा २ हजार भन्दा बढी महिलाले सशक्तिकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् । कोका–कोला नेपालका निर्देशक चन्द्रिका कालियाले नेपालमा महिला उद्यमीलाई थप सशक्त बनाउँदै हाम्रो सक्षम कार्यक्रमको दोस्रो चरणको यात्रा जारी राख्न पाउँदा खुशी लागेको बताए ।

२०२४ मा बृहत समीक्षाद्वारा छनोट गरेपछि मे ३१, २०२४ मा सुरु गरिएको सक्षम कार्यक्रममा विशेषज्ञद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्त पहुँच, र सर्कुलर अर्थतन्त्र जस्ता विभिन्न सत्रहरू सञ्चालन गरिएको थियो । दुई–महिने कार्यक्रममा लैङ्गिक अधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानुनी प्रक्रिया, मार्केटिङ, र वित्त लगायत विभिन्न विषयका सत्रहरू समावेश थिए ।

कार्यक्रममा कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदा प्रवद्र्घन, प्रविधि र अन्य विषयको प्रतिनिधित्व गर्ने ४० भन्दा बढी महिलाले आवेदन दिएका हुन् । आवेदक ४० मध्येबाट १० उत्कृष्ट महिलालाई कार्यक्रममा समावेश गरिएको छ । २०२४ को सक्षम कार्यक्रमका लागि छनौट भएका सहभागिमा अर्चना श्रेष्ठ, ईन्दु श्रेष्ठ, लुभिना शाक्य, प्रतिमा बस्याल, रचना पौडेल, रोजि महर्जन, सविना चौधरी, सुस्मिता पौडेल, श्रेया मल्ल, र श्रेया चोच्छे रहेका छन् ।

कार्यक्रमको मूख्य उद्देश्य महिलामा उद्यमशीलताको विकास गर्नु रहेको छ । यस कार्यक्रमले नेपाली महिलाले सञ्चालन गरेका साना तथा मझौला उद्योगको क्षमता विकास गर्ने काम गरिरहेको छ । २०२३ सम्ममा यो कार्यक्रमले वृहत सञ्जालको विकास गर्दै २ भन्दा भन्दा बढी महिलाको क्षमता विकासमा काम गरेको छ । यसवर्ष सक्षम कार्यक्रमको तेश्रो सशक्तिकरणलाई नेपालभर जारी राख्दै थप एक हजार महिलालाई कोका–कोलाको सञ्जालमा जोड्ने तयारी भइरहेको छ ।

कोका–कोलाले बोटलर्स नेपाल लिमिटेडसँगको सहकार्यमा महिला खुद्रा बिक्रेता र साना रेस्टुरेन्ट व्यवसायलाई वित्तीय साक्षरता, आतिथ्यता र सरसफाइ व्यवस्थापन सम्बन्धी तालिममार्फत सहयोग गर्ने कार्य जारी राखेको छ ।

You might also like

Comments are closed.