नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ० दशमलव ८९ प्रतिशतले घटेर २ हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।

परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । आज ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर ५८ हजार ११९ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ १ दशमलव १६, विकास बैंक ० दशमलव ८७, वित्त १ दशमलव ०४, होटल तथा पर्यटन ० दशमलव ७२, जलविद्युत् ० दशमलव ८७ र लगानी समूहको उपसूचक ० दशमलव ८२ प्रतिशतले घटेको छ ।

त्यस्तै जीवन बीमा समूह ० दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह ० दशमलव ५२, लघुवित्त ० दशमलव ६४ र म्युचुअल फन्ड ० दशमलव ७२ प्रतिशतले घटेको छ । निर्जीवन बीमा ० दशमलव ८३, व्यापार ० दशमलव ६३ र अन्य समूह ० दशमलव ७७ प्रतिशतले घटेको छ ।

आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको रु ११ करोड २७ लाख ९८ हजार ७८२ बराबरका ३ लाख ६२ हजार १२४ कित्ता शेयर किनबेच भएका छन् । रासस

lcci
You might also like

Comments are closed.