नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा ५ अर्बमाथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव २१ अङ्कले बढेर २ हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता शेयर ६६ हजार ५१९ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा विकास बैंक १ दशमलव ५६, वित्त २ दशमलव ११, जलविद्युत् ० दशमलव १९, लघुवित्त १ दशमलव ३६ र म्युचुअल फन्ड ० दशमलव ५१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ० दशमलव २९, होटल तथा पर्यटन ० दशमलव २१, लगानी ० दशमलव २५, जीवनबीमा ० दशमलव १८, उत्पादन तथा प्रशोधन ० दशमलव २२, निर्जीवन ० दशमलव ०९ र व्यापार समूह ० दशमलव ४३ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७ दशमलव १ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै मेरो माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको रु २४ करोड ३२ लाख १८ हजार ४९५ बराबरको ३ लाख ६४ हजार ६९५ कित्ता शेयर किनबेच भएको छ । रासस

lcci
You might also like

Comments are closed.