काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५ दशमलव ६० अङ्कले बढेर २ हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
आज ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर ६० हजार ८५८ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बैंकिङ समूह ० दशमलव ४६, वित्त समूह ० दशमलव १५, निर्जीवन बीमा ० दशमलव २२, व्यापार ० दशमलव १८ र अन्य समूह ० दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह ० दशमलव ३२, होटल तथा पर्यटन १ दशमलव १२, जलविद्युत् १ दशमलव १८, लगानी १ दशमलव ७०, जीवन बीमा ० दशमलव ५५, उत्पादन तथा प्रशोधन ० दशमलव ३९, लघुवित्त ० दशमलव ३४ र लघुवित्त ० दशमलव ४२ प्रतिशतले बढेको छ ।
ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै रु १४ करोड ८३ लाख ८ हजार १६ बराबरको रु २ लाख २४ हजार ९९२ बराबरको कारोबार भएको छ । रासस
Comments are closed.