काठमाडौं । पुँजी बजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ । गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो ।
यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक ८ दशमलव २४ अङ्कले घटेर २ हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज ३३ कम्पनीको ८९ लाख ११ सय ९५ कित्ता शेयर ५० हजार २८१ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ मा खुम्चिएको छ । आजको कारोबारपछि कुल बजार पुँजीकरण रु ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख ७० हजार बराबर कायम भएको छ ।
बैकिङ, म्युचुअल र अन्य समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २ दशमलव २३ र व्यापार समूह १ दशमलव ३९ प्रतिशतले घटेको छ । विकास बैंक ० दशमलव ४३, होटल तथा पर्यटन ० दशमलव ५१, जलविद्युत् ० दशमलव ४५, लगानी ० दशमलव २०, जीवन बीमा ० दशमलव ९९, उत्पादन तथा प्रशोधन १ दशमलव १७, लघुवित्त ० दशमलव ९५ र निर्जीवन समूह ० दशमलव ६६ प्रतिशतले घटेको छ ।
त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ७ दशमलव ०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाईनान्स लिमिटेडको रु २२ अर्ब ७६ करोड ४१ लाख ८०९ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ४ लाख २ हजार ४९९ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.