काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रुपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले रियलमीका ग्राहक नै रियलमीको असली पहिचान हुन् र नेपाली युवासँग जोडिनको लागि मिस्टर नेपाल उपयुक्त प्लेटफर्म रहेको बताउँछन् ।
त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले मिस्टर नेपाल २०२४ को टाइटल स्पोन्सरको रूपमा रियलमीसँग सहकार्य गर्न पाउँदा हामी हर्षित भएको बताउँदै यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पु¥याउने बताए । मिस्टर नेपालसँगको यस सहकार्यले नेपाली युवा उपभोक्तासँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छाप छोड्ने रियलमीको प्रतिवद्धतालाई झल्काउँछ ।
देशभर छरिएर रहेका युवालाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाई छ । झापाबाट शुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुनेछ ।
Comments are closed.