तोलामा रु ४ सयले घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज रु १ लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ ।

आइतबार प्रतितोला रु १ लाख ४४ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु १ लाख ४४ हजार ७ सय कायम भएको छ ।

महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार रु १८ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो । रासस

You might also like

Comments are closed.

Secret Link