राष्ट्र निर्माणमा युवाको भूमिका सम्बन्धी सेमिनार हुदै

काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबैभन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिवसीय सेमिनार हुने भएको छ । विश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९ गतेसम्म सेमिनारको आयोजना हुन लागेको हो ।

राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको सन्र्दभमा हुन लागेको सेमिनारमा नेतृत्व विकास, चरित्र निर्माण, व्यत्तित्व विकास स्थायी शान्तीको लागि पहलकदमी, द्धन्द्ध व्यवस्थापन तथा आर्थिक विकासका बारेमा छलफल हुनेछ । काठमाडौं महानगरपालिका वडा नं १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्र निर्माण सम्भव छ, जब सबै युवाहरु राष्ट्रको विकासमा संलग्न हुन्छन् ।

jutta mela

राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्र्दभमा पनि सेमिनारमा छलफल हुने कार्यक्रमका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो, यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकाले कार्यक्रमको आयोजना गरिएको सेमिनारको सह संयोजक कामना भुसालले बताइन् ।

सेमिनारमा अन्तर्राष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक काशिनाथ खनाल, एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोषकुमार पौडेल, प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संघिय सासद एकनाथ ढकालले बिशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

सेमिनारमा युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, विश्व शान्ति महिला संघ लगायतका संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौं उत्यकाका १६ देखि ४० वर्ष सम्मका युवाको सहभागिता रहने बताइएको छ । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स रहेको छ ।

 

 

You might also like

Comments are closed.