काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ८ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक लाख ४४ हजार ९ सय निर्धारण भएको छ ।
बुधबार प्रतितोला रु एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु १८ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने रु १८ सय ८५ निर्धारण भएको छ । रासस






Comments are closed.