काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर २ हजार २०४ दशमलव ६१ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ९० अङ्कले उकालो लागेर ३९१ दशमलव ६६ मा पुगेको छ । नेप्सेका अनुसार कूल २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर रु ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ मूल्यमा कारोबार भएको छ ।
बलेफी हाइड्रोपावर ९ दशमलव ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड ९ दशमलव ९७, एनआइबिएल स्टेबल फण्ड ९ दशमलव ८३, जानकी फाइनान्स ८ दशमलव ७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ७ दशमलव ८२ प्रतिशतले कमाएका छन् ।
समाज लघुवित्त ४ दशमलव ५९, साधना लघुवित्त ४ दशमलव ५६, एनएमबी–५० ४ दशमलव १३, सेञ्चुरी डिबेञ्चर ३ दशमलव ९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले ३ दशमलव ८२ प्रतिशतले गुमाएका छन् । रासस
Comments are closed.