मिड टाउनको आयोजनामा वृक्षरोपण

काठमाडौं । लायन्स क्लव अफ पोखरा मिड टाउनले वृक्षरोपण कार्यक्रम गरेको छ ।

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालसँगको सहकार्यमा क्लबले वृक्षरोपण कार्यक्रम गरेको अध्यक्ष लेखबहादुर केसीले जानकारी दिए ।

राष्ट्रिय विभूति पार्क पोखरा १८ मेथलाङमा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रामा शनिबार एक कार्यक्रमबीच वृक्षरोपण गरिएको अध्यक्ष केसीले जानकारी दिए । सितलचिनी लगायत अन्य फलफूलका बिरुवा रोपिएको छ ।

वृक्षारोपणका अवसरमा प्रमुख अतिथि लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले लायन्सले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यक्रमहरु गरिरहेको बताउँदै वृक्षरोपणमा लायन्सको योगदान अग्रणी रहेको बताए ।

रोपण गरेका बिरुवा संरक्षणमा पनि जोड दिनुपर्ने उनको भनाइ छ । क्लबका अध्यक्ष केसीले वर्षभर सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताएका छन् ।

 

You might also like

Comments are closed.