फुकुओका मावि परिसरमा बृक्षारोपण तथा डस्बिन वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं २१ निर्मलपोखरीस्थित फकुओका माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ ।

बाबा फाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा पाराडाईजले दशनामी समाज कास्कीसँगको सहकार्यमा विद्यालयमा बृक्षारोपण गरेको छ । बृक्षारोपणका अवसरमा विद्यालयलाई फोहोर व्यवस्थापनका लागि डस्बिन प्रदान गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठ, पाराडाईजका अध्यक्ष देवेन्द्र पराजुली र दशनामी समाजका अध्यक्ष भूपेन्द्र गिरीले प्रधानाध्यापक भोजराज आचार्यलाई संयुक्त रुपमा विरुवासहित डस्विन प्रदान गरी कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ ।

दशनामी समाजका अध्यक्ष गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.