काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ९ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।
सोमबार प्रतितोला रु १ लाख ४६ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ४७ हजार ८ सय निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला रु १ लाख ४६ हजार २ सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु १ लाख ४७ हजार १ सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु १८ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु १८ सय ७५ निर्धारण भएको छ । रासस






Comments are closed.