तोलामा रु ३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु ३ सयले घटेको छ । बुधबार प्रतितोला रु १ लाख ४९ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज रु १ लाख ४९ हजार ५ सय निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । बुधबार प्रतितोला रु १ लाख ४९ हजार १ सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु १ लाख ४८ हजार ८ सय निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु १८ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु १८ सय ६० निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.

Secret Link