शेयर बजारमा उछाल

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर २ हजार ४२४ दशमलव ३२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर ४३६ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कुल ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर रु १८ अर्ब ५४ करोड ८८ लाख ७३८ मा कारोबार भयो ।

नेपाल इन्भेष्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यस्तै, कुमारी सबल योजना ५ दशमलव ७६, सिन्धु विकास बैँक ४ दशमलव ५७, गुहेश्वरी मर्चेन्ट ४ दशमलव २२, एनसिसी डिवेञ्चर ३ दशमलव ९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९० प्रतिशतले गुमाए । रासस

lcci
You might also like

Comments are closed.