खाद्यान्न सामग्री वितरण

काठमाडौं । लायन्स क्लब अफ पोखरा पिस होमले पोखरा ६ बुलौदीस्थित कोपिला नेपाललाई खाद्यान्नका सामग्री वितरण गरेको छ ।

क्लस्टर –८, रिजन –१७, जोन –३४ अन्तर्गतका क्लबमध्ये लायन्स क्लब अफ पोखरा पिस होमले एक कार्यक्रम आयोजना गरी कोपिला नेपाललाई सामग्री वितरण गरिएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष लायन कृष्ण श्रेष्ठको अध्यक्षतामा सामग्री वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डिस्टिक हङगर रिलिफ चिफ लायन मिनराज काफ्लेले जोन चियरपर्सन लायन रामकुमार लामिछाने, कोपिला नेपाललका कार्यकारी निर्देशक बिना सिलवाल, क्लबका पुर्व अध्यक्ष र लायन सदस्यको सहभागीतामा खाद्यान्न सामग्री वितरण गरिएको सचिव लायन तुलसीकुमारी गौतमले जानकारी दिइन् ।

 

You might also like

Comments are closed.