एक दशकको उत्सवः ग्लोकल टीन हिरो ‘मेड इन नेपाल’

काठमाडौं । २०१५ मा स्थापना भएको ग्लोकल टीन हिरो अवार्डले आफ्नो समुदायमा महत्वपूर्ण योगदान दिएका किशोर किशोरीलाई सम्मानित गर्दै आएको छ । उनीहरुको उपलब्धी र सामाजिक परिवर्तनप्रतिको समर्पणले अरु युवालाई पनि प्रेरित गरेको छ ।

ग्लोकल टीन हिरोले विगत एक दशक देखि प्रतिभाशालीे युवाको पहिचान र सम्मान गर्दै उनीहरुको प्रतिभालाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ । साथै विभिन्न माध्यममार्फत उनीहरुलाई सशक्त बनाएको छ । यो मञ्चको उद्देश्य आफ्नो समुदाय, समाज तथा राष्ट्रका निम्ति महत्वपूण योगदान दिइरहेका युवालाई प्रोत्साहन दिनु पनि हो ।

२०१५ बाट सुरु भएका ग्लोकल टीन हिर अवार्ड सुरुमा काठमाडौं केन्द्रित थियो । विगत एक दशकमा यो अवार्ड देशभरिका किशोर किशोरीलाई सम्मान गर्ने एक राष्ट्रिय अभियानमा परिणत भएको छ । ग्लोकल टीन हिरो अवार्डको सफलता अब नेपालमा मात्र नभएर यसको लोकप्रियता दक्षिण एसियाली देशमा फैलिन थालिसकेको छ । अहिले ग्लोकल टीन हिरोको फ्रेन्चाईज बंगलादेश, भारत, र श्रीलंकामा पनि हुँदै आएको छ ।

हरेक वर्ष सेप्टेम्बर १ मा आयोजना हुने ग्लोकल टीन हिरोले सयौँ युवालाई आ—आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै अगाडि बढ्न प्रेरित गरेको छ । साथै उनीहरुमार्फत समाजका अन्य युवालाई पनि आफ्ना प्रेरणादायक कथाहरुले प्रेरित गर्न र धेरै किशोर किशोरीलाई सामाजिक समस्याहरु सम्बोधन गर्न उत्प्रेरित गरेको छ ।

ग्लोकल टीन हिरो एक प्लेटफर्मको रूपमा मात्र नभई सामाजिक समस्याका समाधानहरू खोज्ने साथै समाजमा सकारात्मक योगदान गर्ने, किशोर किशोरीलाई सक्षम बनाउँदै उनीहरुको व्यावसायिक वृद्धि सुनिश्चित गर्ने, र समुदायमा दिगो विकासको पहल गर्ने एक फोरमको रूपमा स्थापित भएको छ । प्राविधिक नवप्रवर्तनदेखि सामाजिक उद्यमशीलता सम्मको विविध सीपलाई मान्यता दिएर यस अवार्डले युवाका लागि उपलब्ध अवसरको दायरा विस्तार गरेको छ ।

आगामी वर्षमा ग्लोकल टीन हिरो आशा र प्रेरणाको प्रकाश–स्तम्भ रहिरहनेछ, जसले किशोर किशोरीलार्ई दिगो संसारको कल्पना र निर्माण गर्न सशक्त बनाउँदै जानेछ । समाजमा केही प्रभावकारी काम गरेका, १३ देखि १९ वर्षको व्यक्तिलाई ग्लोकल टीन हिरो एक उत्कृष्ट प्लेटफर्म हुन सक्छ ।

 

You might also like

Comments are closed.