अटोमोवाइल्स क्षेत्रमा देखा परेका समस्या हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधिमण्डलले प्रधानामन्त्री केपी शर्मा ओलीसँग भेटघाट तथा छलफल गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले प्रधानमन्त्री ओलीसंग भेट गरी विभिन्न विषयमा छलफल भएको छ ।

नाडाका अध्यक्ष चौधरीले अटोमोवाइल व्यावसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याबारे संक्षिप्त रुपमा चर्चा गर्दै सरकारका विभिन्न कार्यविधिका कारण अटोमोवाइल व्यवसायीहरु आफ्नो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुदै गएको सन्दर्भमा नेपालको अटोमोवाइल व्यवसायलाई माथी उठाउन आवश्यक नीतिगत सुझावहरु पेश गरेका छन् ।

छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैंकबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा ऋण र मूल्य अनुपातको हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनुपर्ने, चालुपँुजी कर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मिति भन्दा अगाडी कर्जा लिएकालाई त्यो व्यवस्था लागु नहुने बताए । तर यो लागु भएको मितिपछी कर्जा लिएकालाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुने गरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान अध्यक्ष चौधरी बताउँछन् ।

उनले नेपालमा विद्युतिय सवारी साधनको आयात बढदै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतिय सवारी साधनका सम्बन्धमा सरकारले स्थायी प्रकृतीको नीति नियम ल्याउनुपर्ने जिकिर गरेका छन् ।अध्यक्ष चौधरीले दुई पाँग्रे सवारी साधनहरुको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई विल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई विल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागि समेत आग्रह गरेका छन् ।

उनले नेपालमा आयात भइरहेका दुई पाङग्रे सवारी साधनमध्ये करिब ९८ प्रतिशत भन्दा बढि आयात भारतमा निर्मित दुई पाङग्रे सवारी साधनहरु भएको तर हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज, भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक साइजको भएकाले सवारी सञ्चालनको क्रममा अगाडीको सकरमा ठोकिने भएका कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरिदिन समेत अनुरोध गरे ।

यसैक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योगहरुको समस्या र चुनौतीबारे जानकारी दिए । छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायरटयूव, व्याट्री तथा लुव्रिकेण्टस उद्योगहरुको बर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल कदमी लिइने आश्वासन दिए । छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान लगायत सहभागी थिए ।

 

 

 

 

You might also like

Comments are closed.