तोलामा २४ सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा रु. २४ सयले घटेको छ । बुधबार प्रतितोला रु. १ लाख ४७ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. १ लाख ४५ हजार निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला रु. १ लाख ४६ हजार ७ सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु. १ लाख ४४ हजार ३ सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ५५ ले घटेको छ । बुधबार प्रतितोला रु. १ हजार ८०५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने १ हजार ७५० निर्धारण भएको छ ।

You might also like

Comments are closed.