तोलामा ३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु १ लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु १ लाख ४४ हजार ७ सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु १ लाख ४४ हजार ३ सयमा कारोबार भएकामा आज रु १ लाख ४४ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले घटेको छ । बिहीबार प्रतितोला रु १७ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु १७ सय निर्धारण भएको छ ।

You might also like

Comments are closed.