काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु ४ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु १ लाख ४५ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ४६ हजार १ सय निर्धारण भएको छ ।
आइतबार प्रतितोला रु १ लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु १ हजार ७४० मा कारोबार भएको चाँदीको मूल्य आज रु १ हजार ७५० निर्धारण भएको छ ।






Comments are closed.