असुसको एआई ल्यापटप नेपाली बजारमा

काठमाडौं । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक भएको हो ।

नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रमका बीच ल्यापटप सार्वजनिक गरेको छ । ३ वटा प्रोसेसरसहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणि इन्टरनेशनलका निर्देशक अमित सराफले जानकारी दिए ।

उनका अनुसार असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चीपभन्दा पनि फास्ट रहेको छ । यसमा क्वालकमको ओरेन सिपियु र हेक्जागन एनपीयु (न्युरल प्रोसेसिङ युनिट) पनि रहेको उनले बताए । एआई सुविधायुक्तले सिपियु र जीपीयुलाई फ्री गर्नेछ, जसले गर्दा एकै पटक धेरै काम गर्न उनी बताउँछन् ।

विन्डोज ११ अपरेटिङ सिस्टम रहेको यसमा १६ जीवी ¥याम र एक टिभी एसएसपी स्टोरेज रहेको छ । ल्यापटपको ¥यामलाई आवश्यकता अनुसार ३२ जीबीसम्म बढाउने सकिने नागमणिले बताएका छन् । ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याक अप दिने कम्पनीले जानकारी दिएको छ । यसमा आरजीबी किबोर्ड समेत राखिएको छ । असुस भिभोबुक एस १५ मा युएसबी, एचडीएमआई, बाइफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडर लगायत सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

असुस भिभोबुक एस १५ को मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको र यस ल्यापटपको २ वर्षको वारेन्टी अनि एक्सिडेन्ट ड्यामेज प्रोडेक्ट सेवा समेत रहेको छ । जुन सुविधामार्फत ग्राहकले पहिलो वर्ष फिजिकल ड्यामेजको मर्मत शुल्कको ८० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यो सुविधा भने नेपालमा खरिद गरिएका ल्यापटपमा मात्र भएको समेत कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार ल्यापटपमा विभिन्न अन्य सुविधा समेत रहेको छ । जसका कारण हाम्रा दैनिक जीवनका विभिन्न काम तथा गेमिङको दुनियाँमा यस ल्यापटपले अझ सुविधा दिने कम्पनीले विश्वास लिएको छ ।

You might also like

Comments are closed.