काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर २ हजार ७६० दशमलव ९१ विन्दुमा कायम भएको छ ।
नेप्से परिसूचकको वृद्धिसँगै आज शेयरबजारमा रु २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम अहिलेसम्मकै धेरै हो । यस अघि विसं २०७८ साउन ३१ गते रु २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो । त्यसयता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।
आज ३३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु २१ अर्ब ९१ करोड १५ लाख ३ हजार पुगेको हो । आज कारोबारमा आएका कम्पनीमध्ये १९१ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । आजको कारोबारबाट सबै समूहको उपसूचक बढेको छ ।
आजको कारोबारमा ४४ कम्पनीको शेयर मूल्य सामान्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन इन्स््योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । यो कम्पनीको रु ८४ करोडको शेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ४१ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।
Comments are closed.