एमएडब्लु बृद्धि अटोकर्पको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रालि नियूक्त

पोखरा । एमएडब्लु बृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको छ । पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतिय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्धि अटोकर्प हो ।

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा गएर दिपल गाडि बुकिङ्ग गर्न सकिनेछ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यस गाडि पोखरा क्षेत्रमा पनि धेरैको रोजाईमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एकसाता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दिपलको एस ०७ र एल ०७ लगायत अन्य मोडेलहरु उपलब्ध हुने बताइएको छ । गाडि बुकिङ्ग गर्ने ग्राहकलाई एकसाता भित्रै गाडि उपलब्ध गराइने कम्पनीले जनाएको छ । दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ । नेपालमा यस गाडिको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकिएको छ । सिंगल चार्जमा ४१० देखि ४८५ कि.मी रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

हिमालय अर्गनाईजेशन अन्तर्गतको आयम इन्टरकन्टिनेनटल प्रा.लि.फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक विक्रेता हो । विगत ३ दशक भन्दा बढि समय देखी यस अर्गनाईजेशन अटोमोवाइल्स व्यवसायमा सक्रिय रहदै आएको छ । समुहका अध्यक्ष ध्रुव थापा हुन् । उनी नाडाको निर्वतमान अध्यक्ष समेत रहेका छन् । बुकिङ्ग गर्न वा थप जानकारीका लागि ९८५६०४७६६६ वा ९८५६०३७३४९ सम्पर्क गर्न सकिनेछ ।

 

You might also like

Comments are closed.