काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।
मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इंडिया प्रालिको संयुक्त आयोजनामा आउँदो भदौ २१, २२ र २३ गते तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुन लागेको हो । यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीका १५० भन्दा बढी स्टलहरु रहनेछन् ।
प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम् प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युत्तीय उपकरण, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युत्तीय सामग्रीका कम्पनी सहभागी रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युत्तीय माध्यमबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लैजान एवं उर्जा तथा विद्युत्तीय व्यवसायीको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा टेवा पुरÞ्याउने उद्देश्यका साथ प्रर्दशनीको आयोजना गरिएको हो । विद्युत्तीय उपकरणलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युत्तीय सामाग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्नेछ ।
नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकले विभिन्न कम्पनीका बिद्युुत्तीय सामाग्रीहरु एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाइने भएकाले ग्राहकले लाभ लिन सक्नेछन् । नेपालको बजारमा चाडपर्वको बेलामा विभिन्न नयाँ बिद्युत्तीय सामान खरिद गर्ने चलन रहेको तथा दशैं आउनु केही समय अघि आयोजना हुने यस प्रदर्शनीले ग्राहकलाई आकर्षित गर्नेछ ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युत्तीय एवं वैकल्पिक उर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराउँदै व्यवसायिक प्रवद्र्धन गर्नुका साथै यी उद्योगमा भएका नविनतम् उपलब्धिबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्तामा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएको छ ।
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा प्रदर्शनी, सम्मेलन र साझेदारी गरी तीन सोँचको समायोजन गर्न खोजेको छ । यी तीन सोँचबाट नेपालमा विद्युत, विद्युत्तीय उपकरण, घरायसी प्रयोग हुने विद्युत्तीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्न केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएको छ ।
Comments are closed.