एआई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्थी, कर्पोरेट क्षेत्र र सर्वसाधारणको उल्लेख सहभागीता रहेको छ ।

प्रदर्शनीमा स्वचालित एआइ गन, रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, एआइ रोवटिक शिक्षकको अवलोकन गर्न पाइन्छ ।

विद्यार्थीले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट पनि प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फूटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, वोबोट वारलगायतका ३० भन्दा बढी परियोजना रहेका छन् ।

डिल्लीबजारस्थित सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा कलेज परिसरमा आयोजित मेलामा कलेजमा स्नातक तह दोश्रो र तेस्रो वर्षमा अध्ययनरत सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए ।

साउन १५ गते देखि सुरु प्रदर्शनी २० गतेसम्म सञ्चालन हुनेछ । प्रविधिमा रुचि राख्ने जोकोहीले विहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशूल्क अवलोकन गर्न सक्नेछन् ।

lcci
You might also like

Comments are closed.