जुत्ता व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण

पोखरा । जुत्ता व्यवसायी संघ कास्कीले व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण दिएको छ ।

संघले कर नीति, उद्योगी तथा व्यवसायीले गर्नुपर्ने कार्य, हिसाब–किताब कसरी राख्ने, व्यवसायीलाई पर्ने समस्या समाधानका उपाय लगायतका बारेमा प्रशिक्षण दिएको हो । व्यवसायीको मागअनुसार संघले तालिम तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा अग्रज व्यवसायी तथा उद्योगी देवराज खडका, कर प्रशिक्षक आन्तरिक राजस्व कार्यालय कास्कीका कर अधिकृत ठाकुरप्रसाद सुबेदी, मोटिभेटर शंकर पोखरेल, संस्थापक अध्यक्ष पवित्रबहादुर नेपाली तथा पुर्ब अध्यक्ष एवम् सल्लाहकार, कानुनी सल्लाहकार, कार्यक्रम संयोजक, कार्यसमितिका पदाधिकारी तथा साधारण सदस्य लगायतको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.

Secret Link