सुनको मूल्य तोलाको १ लाख ५० हजार

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु १ लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु १ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु ३ सयले वृद्धि भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ३ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु १ लाख ४९ हजार २ सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु १ लाख ४९ हजार ५ सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला रु १ हजार ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.

Secret Link