गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो पार्टनर मिट, सम्बन्ध निर्माण, सफलताको गति, नारामा सम्पन्न गरेको छ ।

सिमरामा सम्पन्न २ दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिको सहभागिता थियो । देश कठिन समयमा गुज्रिरहेको र बजार सुस्ताइरहेको अवस्थामा अघिल्लो वर्षको समिक्षा गरी आगामी दिनको रोड म्याप बनाउन सो मिटमा छलफल भएको छ ।

कम्पनी, सरोकारवालाहरू (साझेदारहरू, खुद्रा विक्रेताहरू, निजी ग्यारेज मेकानिक्स) र ग्राहक बीचको सम्बन्ध अझै मजबुत बनाई, प्रगतितर्फ अग्रसर हुनुपर्ने धारणा व्यक्त भएको कम्पनीले जनाएको छ । कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट पार्टनरलाई सम्मान पनि गरिएको छ ।

नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन, सबै मिलेर एकजुट भएर समस्यालाई पछाडी राखेर अगाडी बढ्नुपर्ने बताए । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मको उत्पादन उपलब्ध गराउछ ।

 

You might also like

Comments are closed.