काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्रि सुरुवात गरेको थियो ।
गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मज्जाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकलाई सुहाउने भएकाले धेरैको रोजाई र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुबिधाहरु रहेका छन् ।
नयाँ क्रेटाको अगाडीको भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक कार्ड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोथ ह्वीलहरु पनि रहेका छन् । त्यसैगरी पछाडी भागमा कनेक्टिंग एलाईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्रि भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्टुमेन्ट क्लस्टर पहिलेको भन्दा निकै आकर्षक छ । यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् ।
८ स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेनट लाइटिंग, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिटहरु र डुअल जोन अटोमेटिक मौसम कन्ट्रोल जस्ता विशेषताहरु समावेश छन्, जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास छ । नयाँ के्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुबिधाहरु प्रदान गरिएको छ । यसमा रहेको ६ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउण्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड स्पट भ्यू मोनिटर (बिभीएम), अटोहोल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेकर टायर प्रेसर मोनिटरिङ सिस्टम (हाईलाइन) ले चालक सुरक्षालाई प्राथमिकतामा राखेको छ ।
एडास फिचर अन्तर्गत लेन सिक एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडास्टिभ कु्रज कन्ट्रोलm फन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्लिङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन् । १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ । गियर ट्रान्समिटरको विकल्पमा एमटी, एटी र आइभीटी उपलब्ध छन् ।
नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पूरानो के्रटा मोडलको थुपै्र उन्नत सुबिधाहरु र विकल्पहरु थप गरिएको छ । त्यसकारण नयाँ हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरै भन्दा धेरै ग्राहकको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।
नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार राखिएको छ । बिगत एक दशक भन्दा बढी समय नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराइरहेको यस लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उत्कृष्ट सेवा र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ । प्रिमियम तथा गुणस्तरिय सवारी, उच्च रीसेल भ्यालुर उत्कृष्ट बिक्रि पछिको सेवाले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताको शीर्ष रोजाईमा रहँदै आएको छ ।
Comments are closed.