काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ७० अङ्कले उकालो लागेर २ हजार ७६६ दशमलव ३८ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अङ्कले उकालो लागेर ४८३ दशमलव ६८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये ६ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।नेप्सेका अनुसार, ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर रु २० अर्ब सात करोड ४ लाख ३४ हजार १०३ मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सका अनुसार विभिन्न ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा कर्णाली डेभलपमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर,सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन् ।
यस्तै, एनआरएन इन्फास्ट्रक्चर ८ दशमलव ०४, सानिमा बैंकको ऋणपत्र ७ दशमलव ६९, आरम्भ चौतारी लघुवित्त ४ दशमलव ९३,रुरु जलविद्युत् परियोजना ४ दशमलव ८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ४ दशमलव ५६ प्रतिशतले गुमाएका छन् । रासस
Comments are closed.