काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु १५ सयले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला रु १ लाख ४६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ४८ हजार १ सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु १ लाख ४७ हजार ४ सय निर्धारण भएको छ ।
त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु १६ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु १७ सय ३० निर्धारण भएको छ । रासस




Comments are closed.