काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘Hyundai Test Drive and Win’ क्याम्पेन ल्याएको छ । जसअन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरी रहेका कुनैपनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सकिनेछ ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ । साप्ताहिक विजेताले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन् । यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जानकारी दिएको छ । नयाँ हुन्डाई क्रेटा हालै अगस्त ६ मा सार्वजनिक गरिएको थियो । लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको हो ।
यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्रायः हरेक उमेरका ग्राहकलाई सुहाउने भएकाले धेरैको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ । प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टमा उपलब्ध छ । यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशनमार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो । यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरहकै हुने कम्पनीले दाबी गरेको छ । मेड इन नेपाल हुन्डाई भेन्यु १.२ (एस) को मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ (एस) को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ । मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।
साउन २८ गतेबाट सुरु हुने यस क्याम्पेनमा नेपालभरका इच्छुकले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन् । यो क्याम्पेनको विजेताको घोषणा साप्तहिक रुपमा लक्की ड्र मार्फत छनोट गरिनेछ । कम्पनीको फेसबुक पेज मार्फत जानकारी गराईनेछ । चाडपर्व नजिकिदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकलाई विभिन्न हुन्डाई मोडेलको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान गरी आफ्नो गाडी किन्ने योजनामा थप मद्धत पुग्ने विश्वास लिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरीका १६ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको छ । इच्छुकले आजै आफू नजिकैको हुन्डाई शोरुम गई यस योजनामा सहभागी भइ टेस्ट–ड्राइभ गर्न सकिनेछ ।
Comments are closed.