काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु ९ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु १ लाख ५० हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ४९ हजार ६ सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु १ हजार ७४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु १ हजार ७६० निर्धारण भएको छ । रासस




Comments are closed.