काठमाडौं । नेपालको लागि ‘केइ’ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ वटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ ।
जसअन्तर्गत सहभागिता जनाउन ‘केइ’ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नुपर्नेछ । क्याम्पेनमा सहभागी हुन ‘केइ’ नेपालको फेसबुक पेज https://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ रहेको छ ।
सहभागी मध्येबाट सबै ३ मोडेलको सही पहिचान गरी उत्तर दिने एकजना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नेछन् । केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्नेछन् ।
यो क्याम्पेन आजबाट आउँदो भदौ १० गतेसम्म चल्ने बताइएको छ । आउदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं H-16 मा आई केई ब्रान्ड र नाडामा लन्च गरिनेछ । केइका गाडीबारे लक्ष्मी ई मोबिलिटीमा जानकारी लिन सकिनेछ ।
Comments are closed.