काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सी जी मोटोकर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।
सी जी मोटोकर्पका अनुसार गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकको लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि त्यही बेलामा नै उपलब्ध हुनेछ । सन् २००५ मा लन्च भएदेखि नै स्विफ्ट, नेपाली अटोमोबाइल क्षेत्रमा शैली र खेलकुदको पर्यायवाचीको रुपमा रहदै आएको छ । स्विफ्टलाई नेपाली ग्राहकले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण रुचाएको हो ।
नयाँ एपिक स्विफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन हो । जसले प्रदर्शन र स्थितरताको नयाँ आयाम ल्याउँछ । यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम ह्याचब्याक बनाउँछ । एपिक नयाँ स्विफ्टमा थुप्रै नया युगका प्रविधि र फिचरहरु समाबेश गरेको छ । ग्राहकको ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीले जनाएको छ ।
नयाँ स्विफ्टको विशेषतालाई आकर्षक एक्सटेरियर, आरामदायी क्याविन, आधुनिक सेफ्टी सिस्टम, रमाइलो ड्राइभिङ अनुभव र उन्नत प्रविधि गरी ५ प्रकारले परिभाषित गर्न सकिन्छ । यसमा प्रयोग गरिएको नयाँ ‘¥याप–वरिपरि क्यारेक्टर लाइन’ स्विफ्टलाई अझै स्पोर्टी र स्टाइलिश बनाउँछ । क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ । जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रधान गर्नेछ ।
स्विफ्टको सिगनेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा कmयपथ एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुमेराङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू–टोन एलोय व्हिल्सले स्विफ्ट को लुक्स अझै भविष्यवादी बनाएको छ ।
चालक उन्मुख ड्यासबोर्ड ८–डिग्रीको झुकावले ड्राइभर र कारको बीचमा मेल उत्पन्न गर्छ भने २२.८६ से.मी. (९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सीट यात्रुहरूको लागि छिटो चार्ज गर्ने ए र सी प्रकारको युएबि पोर्ट, पछाडिको एसी भेन्ट्स, क्रूज कन्ट्रोल, ६०ः४० पछाडिको सीटर कीलेस इन्ट्रीले सबै यात्रुहरूको लागि सहजता र सुविधा सुनिश्चित गर्छ ।
ड्राइभर र यात्रुको सुरक्षालाई बिशेष ध्यानमा राखी न्यू स्विफ्टमा विभिन्न सक्रिय र निष्क्रिय सुरक्षा फिचरहरु समावेश गरेको छ । स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू जुन सबै भेरियन्टमा ६ वटा एयरब्यागहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टमसंग इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन र ब्रेक असिस्ट, ३–प्वाइन्ट सीटबेल्टहरू सबै सिटहरूमा रिमाइन्डरसहित समावेश छन् । जुन सबै भेरियन्टमा उपलब्ध हुनेछन् । यसले विभिन्न अवस्थामा सम्पूर्ण सुरक्षा र स्ताबिलिटी प्रदान गर्नेछ ।
यसबाहेक, यो प्रीमियम ह्याचब्याकमा थप सहजताको लागि वाइड भ्यूसहितको रिभर्स क्यामेरा पनि समावेश गरिएको छ । सुजुकीले स्विफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड–सिरिज इन्जिनको प्रयोग गरेको छ । यो अत्याधुनिक इन्जिन पावरफूल मात्र नभई यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५.७५ कि.मि/लि सम्मको माइलेज प्रधान गर्नेछ । जुन पुरानो स्विफ्ट भन्दा १४ प्रतिशतले ज्यादा हुन्छ । यसको यिध –भलम तयचत्रगभ र राम्रो एक्सिलरेसनले नेपाली सहरी ड्राइभिङ कन्डिसनमा चलाउन सजिलो हुनेछ ।
यसमा प्रयोग गरिएको नयाँ जेनेरेसनको वायरलेस एप्पल कारप्ले® र एन्ड्रोइड अटो™ ३ सहितको २२.८६ सेमी (९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, ARKAMYS सराउन्ड सेंस र वायरलेस चार्जरले स्विफ्ट चलाउन र यात्रा गर्न आनन्दको अनुभूति दिनेछ । नयाँ चौथो जेनेरेसन स्विफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट माइलेज र सुरक्षा सुविधाले ह्याचब्याकको परिभाषा बदल्ने विश्वास कम्पनीले लिएको छ ।
Comments are closed.