काठमाडौं । सुजुकीले दशैँतिर आकर्षक ग्राहक योजना ल्याएको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले ४ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन सकिनेछ । कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप २ लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ । यसमा केही शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।
नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग खर्चको बोझ बिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
१. शुन्य रनिङ्ग खर्च : स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पी.यम.यस पार्ट्स र इन्जिन आयल मा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क नलाग्ने ।
२. फ्री अटो विमा र एक्सेसरिज : यो योजनामा थप १ वर्षको विमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निः शुल्क पाउने ।
३. थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस : विक्री पछिको रिसेल भ्यालु प्रति मनोबल अझै बढाउन ५ वर्ष पछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी ।
४. उच्च रिसेल भ्यालु : स्विफ्टको बिगत देखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुने ।
कम्पनीका अनुसार विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा, यो ऐतिहासिक योजना प्रस्ताव गरेको, यसबाट ग्राहकले फाइदाजनक र झन्झटरहित तवरले शुन्य रनिङ्ग खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्नेछ । यसमा केही शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।
नयाँ स्विफ्टको विशेषता :
– नयाँ जेड–सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्विफ्ट प्रविधिको नविनता र स्थिरताको उत्तम मिश्रण ।
– ६ वटा एयरब्याग, सबै सिटहरूका लागि ३–प्वाइन्ट सीटबेल्टहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम बढी, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन र ब्रेक असिस्टलाई स्ट्यान्डर्ड फिचरहरूको रूपमा समावेश गरिएको ।
– २२.८६ सेन्टिमिटर (९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ARKAMYS सराउन्ड साउन्ड, वायरलेस फोन चार्जर, ए एण्ड सी टाइप युएसबि पोर्टहरू, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्स र अन्य धेरै फिचरहरूले भरिएको ।
– चौथो पुस्ताको स्विफ्ट आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै माइलेज दिने ह्याचब्याक हो, जसको माइलेज २५.७५ कि.मि/लि सम्मको छ, जुन अघिल्लो पुस्ताको स्विफ्टको तुलनामा १४ प्रतिशत वृद्धि ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक–फरक हिसाबका छुटहरु लागू हुनेछन् । नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो । नयाँ एपिक स्विफ्टसंगै नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।
Comments are closed.