काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु ८ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ । मङ्गलबार प्रतितोला रु १ लाख ५२ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ५३ हजार १ सय मूल्य निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु ५ ले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु १ हजार ८५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु १ हजार ८५५ निर्धारण गरिएको छ । रासस




Comments are closed.