सरकार र निजी क्षेत्रको सहकार्यमा विद्युतीय सवारीका लागि आवश्यक पूर्वधार बनाउनुपर्नेमा जोड

काठमाडौं । सरकार निजी क्षेत्रको सहकार्यमा विद्युतीय सवारीका लागि आवश्यक पूर्वधार बनाउन सरोकारवालाले जोड दिएका छन् ।

अटो पत्रकार संघ (जाम) र नाडाको सहकार्यमा आयोजना गरिएको ग्रीन मोबिलिटी एण्ड इकोनमी सम्बन्धी अन्तक्रिया कार्यक्रममा पछिल्लो समय विद्युतीय सवारीको आयात बढ्दै गएको र यसलाई चाहिने आवश्यक पूर्वधार बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सरोकारवालाले जोड दिएका हुन् ।

यातायात विज्ञ आषिश गजुरेलले विद्युतीय सवारी किन्नको लागि लामो प्रतिकृया पूरा गर्ने अवस्था रहेको बताउँदै यसमा सहजता बनाउन आवश्यक रहेको बताए । उनले सरकारले नीजि सवारी साधन तर्फ भन्दा पनि सार्वजनिक यातायात क्षेत्रमा जोड दिने विषयमा वहस गर्न आग्रह गरे । उनले भने, “सरकारले विद्युतीय सार्वजनिक यातायातमा कसरी जोड दिन सकिन्छ भन्नेमा जोड दिनुपर्छ । त्यो गर्दा आम मानिसलाई आफ्नो गन्तवय सहज रुपमा पुग्न सजिल्लो हुने थियो । ’’

उनले पछिल्लो समय विद्युतीय सवारी साधनको बढ्दो आयातले पेट्रोलियम पदार्थको समेत आयात घट्दै गएको बताए । उनले अघिल्ला वर्षहरुमा ३ खर्बको पेट्रोलियम पदार्थ आयात हुने गरेकोमा अघिल्लो आर्थिक वर्षमा केही मात्रामा घटेको बताउँदै नेपालका लागि विद्युतीय सवारी साधन नेपालका लागि उपयुक्त भएको बताए । उनले भने, “पेट्रोलियम पदार्थको आयात घट्नु अन्य धेरै कारण पनि छन् तर सवारी पनि एक प्रमुख कारण हो ।जुन राम्रो पक्ष हो । नेपाल उर्जा क्षेत्रमा धेरै सम्भावना बोकेको पनि राज्य रहेकाले यो राम्रो हो ।’’

विद्युत प्राधिकरणका चार्जिङ नेटवर्क संयोजक सागरमणि ज्ञवालीले सात वर्षपहिला विद्युत प्राधिकरणमा चार्जिङ स्टेशनको विषयमा कसरी बनाउने भन्नेमा कुनै ज्ञान नभएको र अहिले विद्युत प्राधिकरणले आम नागरिकको माग अनुसार प्राप्तमात्रा पुर्याउन सकेको बताए ।

उनले पछिल्लो सयम प्राधिकरणले देशभर ६१ वटा चार्जिङ स्टेशन निर्माण गरेको र नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सफल भएको दाबी गरे । उनले अहिले होटलमा चार्जिङ स्टेशनहरु राखेर आम नागरिकलाई सहज बनाएपनि चार्जरबारे आम उपभोक्तालाई प्राप्त ज्ञान नभएको बताए ।

ज्ञवालीले अघिल्लो दशौमा उपभोक्ताले केही समस्या भोग्नु परेको बताउँदै अहिलेको दशौँअघि विभिन्न काम गरेर धेरै चार्जरहरु अनलाइन प्रणालीमा ल्याउने बताए ।

नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले निजी क्षेत्रले गाडी ल्याएर बेच्नेमात्रा नभएर पूर्वधार क्षेत्रमा पनि उत्तिकै कामहरु गर्दै आएको बताए । उनले पछिल्लो समय विद्युतीय सवारीको आयातहरु बढ््दै गएकाले प्रतिस्प्रधा गर्नको लागि विभिन्न पूर्वधार क्षेत्रमा काम गरे । उनले भने, “बजार प्रतिस्प्रधी बन्दै गएको छ । जसले राम्रो सर्भिस दिन्छ उसैको बढी बिक्छ र जसले दिन सक्दैन् उसको बिक्दैन् ।’’ उनले हरेक कम्पनीले पूर्वधार क्षेत्रमा लगानी गर्न आवश्यक रहेको र कम्पनीले आफ्ना कर्मचारीलाई तालिम दिएर उपभोक्ताका लागि जुन समयमा पनि सेवा दिन तयार हुनु जोड दिए । उनले हरेक वर्ष ५ वटासम्म नयाँ ब्राण्डहरु आउने गरेको र त्यस्ता कम्पनीले आफूलाई स्थापित गराउनको लागि सेवासुविधा दिनुपर्ने बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यातायात व्यवस्था शाखाका सिडिइ सुरेश श्रेष्ठले प्रविधिहरु समय अनुसार परिवर्तन हुदैँ जाने बताउँदै पछिल्लो सयम विद्युतीय सवारी साधनहरुको आयात बढ्नु सकारात्मक रहेको बताए । उनले समय अुनसार आएका प्रविधिहरुलाई अपन्त्व गरेर व्यवस्थित बनाउनको लागि सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले पछिल्लो सयम विद्युतीय सवारी आयात हुँदा कुनैपनि जाँच नुहुने विषयमा बोल्दै पेट्रोलियम सवारी साधनको पनि टेष्ट गर्ने कुनैपनि ल्याब नभएको र विद्युतीयको पनि रहेको बताए ।

उनले भने, “बजारमा मोटरको पावरनै कम गरेर ल्यायो भन्ने कुरा आयोृ तर त्यो विषयमा टेष्ट गर्ने हामीसँग सुविधा पनि छैन् तर त्यसको लागि लगानीको पनि आवश्यक छ । हाम्रो जस्तो मुलुकमा त्यस्ता गाडी जाँच गर्नको लागि चाहिने पूर्वधारको ठूलो लगानी चाहिन्छ ।’’

साझा यातायातका सञ्चालक भुषण तुलाधरले विद्युतीय सवारी साधनको आयात बढ्दै जाँदा वातावरणदेखि अन्य विभिन्न विषयमा सकारात्मक रहेको बताए । उनले नेपालको विद्युतीय सवारी नेपालका लागि निकै उचित रहेकाले सार्वजनिक यातायात क्षेत्रमा पनि विद्युतीय सवारीलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

उनले पछिल्ला दिनहरुमा ब्याट्री व्यवस्थापनको विषयमा समेत सरकारले सोच्नु पर्ने बताउँदै भविष्यमा हामीले सोचे जस्तो भयभह अवस्था भने नआउने दाबी गरे । उनले भने, “विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीहरु लामो समयसम्म टिक्ने खालको हुन्छ ।त्यसले गर्दा हामीले त्यति चिन्ता लिनुपर्दैन् ।’’

You might also like

Comments are closed.