नेपालको अटोमोवाइल उद्योगमा लगानी गर्न भारत सकारात्मक

काठमाडौं । नाडा र सियामका प्रतिनिधि मण्डलले विभिन्न मन्त्रीहरु लगायतसँग भेटघाट तथा छलफल गरेका छन् । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।

सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का सहसभापति यसपाल साँच्चरको नेतृत्वमा काठमाण्डौमा आइपुगेको २५ सदस्यीय प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेलसंग भेटगरी नेपाल र भारतबीच नेपालमा अटोमोवाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल गरिएको जनाइएको छ ।

नाडा र सियामको सो संयुक्त प्रतिनिधिमण्डलले सोही दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग पनि मन्त्रालयमा सोही विषयमा छलफल गरेको थियो ।

सो प्रतिनिधि मण्डलमा धेरै जसो ठुला ठुला वरिजिनल इक्यिुपमेन्ट म्यानुफक्चरर्स तथा यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपाँग्रे सवारी साधनका प्रतिनिधिहरुको सहभागिता थियो । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल भएको बताइएको छ । सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृङ्खला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमति पनि गरेको थियो ।

छलफलम सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता, इत्यादिलाई सरकारको दुरदृष्टी अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउने विश्वास गरिएको छ । नेपालमा सवारीसाधन दर्ता, संकलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सिर्जना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरुमा छलफल गरेको थियो ।

नाडा र सियाम दुबैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको साउन एसिया अटोमोटिभ फोरमलाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् ।

नाडाले यस्तो भेटघाटबाट नेपाल भारतबीचको जनस्तरको सम्बन्ध समेत थप सुदृढ हुने र निकट भविश्य मै केही परिणाम समेत आउने अपेक्षा राखेको छ । प्रनिधिमण्डलमा नाडाकोतर्फबाट उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंहानिया, नाडाका केन्द्रीय कार्य समिति सदस्य निशान ढकाल, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान र तालिम कोओर्डिनेटर आरजु श्रेष्ठ समेतको उपस्थिति थियो ।

You might also like

Comments are closed.