काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ ।
नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको अवधिभरी लागू हुनेछ । ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन् । जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ बर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र रू. १५ लाखसम्मको छुटबाट लाभान्वित हुन सकिनेछ ।
निसान म्यागनाइट – एक बिग, बोल्ड, ब्युटिफुल र ’कारिजम्याटिक’ एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो । जसमा राम्रो रिसेल भ्यालु र क्लास–लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मज्जा लिन सकिने भएको छ ।
त्यसैगरी, निसान एक्स–ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि हो । जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ । निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।
यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधामा केही सर्तहरू लागू हुनेछन् । पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राख्दछ । ग्राहकलाई नजिकको निसान सोरुमा भिजिट गरी यो नयाँ योजनाका छुट तथा सुविधाको मज्जा लिन आह्वान गरिएको छ ।
पायोनिर मोटो कर्प र निसानको बारेमाः
पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो । कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.