सफारी ब्याग्सको डिलर्स स्किममा शुभयात्रा कलेक्सन बन्यो सर्वाधिक बिक्री गर्ने डिलर

काठमाडौं । अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्रान्ड सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्री गर्न सफल भई पुतलीसडकमा रहेको शुभयात्रा कलेक्सन सर्वोत्कृष्ट डिलर हुन सफल भएको छ ।

सो स्किममा सर्वोत्कृष्ट डिलर हुन सफल शुभयात्रा कलेक्सनका चेयरम्यान दर्शन खनाललाई जगदम्बा मोबाइल्सका एक्जिक्युटिव डाइरेक्टर सक्षम जाटियाले टिभिएस् रोनिन मोटरबाइक र टिभिएस् एन्टर्क स्कुटर प्रदान गरेका छन् ।

विजेता शुभयात्रा कलेक्सनका चेयरम्यान खनालले आफ्नो कडा परिश्रमको प्रतिफल पाउँदा खुशी लागेको बताए । यसरी राम्रो काम गर्ने आफ्नो डिलरलाई पुरस्कार प्रदान गरेर सम्मान गरेकोमा सफारी ब्याग्सलाई धन्यवाद दिदै यसले आगामी वर्ष अन्य डिलरलाई राम्रो बिक्री गर्न हौसला प्रदान गरेको बताएका छन् ।

त्यसैगरी सफारी ब्याग्सका बिजनेस हेड सन्तोष श्रेष्ठले शुभयात्रा कलेक्सनको सफलता सबैको लागि गौरवको विषय रहेको बताए । सफारी ब्याग्सले बजार र ग्राहकको माग अनुसार उच्च गुणस्तरको लगेज र ब्याकप्याकहरु अन्तर्राष्ट्रिय वारेन्टीका साथ आकर्षक मुल्यमा उपलब्ध गराउँदै आएको उनी बताउँछन् ।

ईन्डियाको नम्बर १ लगेज ब्राण्ड सफारी ब्याग्स नेपालमा प्रवेश गरेको छोटो समयमा नै प्रयोगकर्ताको मन जित्न सफल भई बजारमा सर्वाधिक रुचाइएको ब्रान्डमा पर्छ । नेपालको लागि सफारी ब्याग्सको एक मात्र नेसनल डिस्ट्रिब्युटर जगदम्बा मोबाईल प्रालि हो भने डिलरहरु नेपालभर रहेका छन् ।

You might also like

Comments are closed.