मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘त्रिशूली बिच रिर्सोट’ मा १५ प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई थप सेवा दिन धादिङकोे गल्छीमा अवस्थित ‘त्रिशूली बिच रिर्सोट’ सँग विभिन्न सेवामा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले यस रिर्सोटमा बसाई तथा खानामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड तथा प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल तथा ईन्टरनेट बैंकिङद्धारा गर्न भुक्तानी गर्नुपर्नेछ ।

साथै, बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.