नेप्से परिसूचक पछिल्लो कारोबार ४ दिनदेखि निरन्तर ओरालो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो कारोबार ४ दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो ।

पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर २ हजार ६४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो २ दशमलव ०६ प्रतिशतको गिरावट हो । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ ।

कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ । आज ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर १ लाख ११ हजार ९८६ पटक खरिदबिक्री हुँदा रु ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २ दशमलव ६७, जीवन बीमा २ दशमलव ४९, निर्जीवन बीमा २ दशमलव ४५, लघुवित्त २ दशमलव ३३, बैंकिङ २ दशमलव २८ र वित्त समूह २ दशमलव २७ प्रतिशतले घटेको छ ।

त्यस्तै विकास बैंक १ दशमलव ८७, जलविद्युत् २ दशमलव ४४, लगानी ० दशमलव ३४, उत्पादन तथा प्रशोधन १ दशमलव २५, म्युचुअल फन्ड ० दशमलव ९४, व्यापार ० दशमलव ३५ र अन्य समूह १ दशमलव ८३ प्रतिशतले घटेको छ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ८ दशमलव ९८ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७ दशमलव ७८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ३७ करोड ५ लाख ५७ हजार बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाईड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १३ लाख ८२ हजार ९०६ कित्ता शेयर किनबेच भएको छ ।

lcci
You might also like

Comments are closed.